Section 166
निर्णय कार्यान्वयन गर्नु पर्ने
:(१) यस ऐन बमोजिम श्रम अदालतले गरेकोे निर्णय वा फैसला त्यस्तो निर्णय वा फैसला अन्तिम भएपछि वा पुनरावेदन गर्ने म्याद सकिएपछि सम्बन्धित पक्षले कार्यान्वयन गर्नु पर्नेछ ।
(२) श्रिमक वा ट्रेड युनियनर रोजगारदाताबीच व्यक्तिगत वा सामूहिक दाबीका सम्बन्धमा दुई पक्षीय रुपमा वा कार्यालयको रोहवरमा वा अन्य कुनै निकाय वा अधिकारी समक्ष भएको सम्झौता वा मध्यस्थको निर्णय सम्बन्धितपक्षले असल नियतले कार्यान्वयन गर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम सम्बन्धित पक्षले सम्झौतावा निर्णय कार्यान्वयन नगरेमा सोको लागि अर्काे पक्ष आफैले वा टेड युनियन वा रोजगारदाता सङ्गठन मार्फत कार्यालयमा निवेदन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम निवेदन प्राप्त भएपछि कार्यालयले त्यस्तो सम्झौता, निर्णय वा फैसला कार्यान्वयनका लागि सम्बन्धित रोजगारदाता वा श्रमि कलाई लेखी पठाउनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम लेखीआएमा सम्बन्धित रोजगारदाता वा श्रमिकले त्यस्तो सम्झौता,निर्णय वाफैसला त्यसरी लेखीआएको पन्ध्र दिन भित्र कार्यान्वयन गर्नु पर्नेछ  ।
(६) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम विभाग, कार्यालय वा  यस ऐन बमोजिम निर्णय गर्न अधिकार प्राप्त अधिकारीले गरेको निर्णय सम्बन्धित पक्षले कार्यान्वयन गर्नु पर्नेछ।
(७) उपदफा (६) बमोजिम विभाग, कार्यालय वा अधिकारीको निर्णय कार्यान्वयन नगर्ने पक्षलाई विभाग वा कार्यालयले यस ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम कारबाही गर्न सक्नेछ।